३ वर्ष पहिले
असार-२३, मुग्लिन–नारायणगढ सडक खण्ड दुइतर्फी नै सञ्चालनमा आएको छ ।
केहि दिनदेखि मुग्लिन–नारायणगढ सडक खण्डको सेतीदोभानमा निरन्तर रुपमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित हुँदै आएकोमा सो स्थानमा पहिरो पन्छाएर सकिएपछि आज दिउँसो ३ः१० बजेदेखी सडक दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
त्यसैगरि यस प्राकृतिक प्रकोपको घडीमा आफनो लेनमा अनुशासित तथा ट्राफिक संकेतको पालना गरी बसेकोमा सम्पुर्ण सवारी चालक तथा यात्रुहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनले धन्यवाद ब्यक्त गरेको छ ।