४ वर्ष पहिले
असार-२३,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९ सय ७१ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ९० हजार ९ सय ७४ जना पुगेको छ ।
२४ घण्टामा ७ हजार ८ सय ३५ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ७७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३३ लाख ९१ हजार ३ सय ७९ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ६३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ सय २ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख १७ हजार ४ सय २१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ५ सय ४४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २३ हजार ७ सय ५६ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ७ सय ८८ रहेको छ।
२४ घण्टामा १ हजार ३ सय ३३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख १४ हजार ३ सय २७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.९० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ९१ जना पुगेको छ ।
हाल क्वारेन्टिनमा ३ सय २३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ७१ जना र भेन्टिलेटरमा १ सय ६१ जनाको उपचार भईरहेको छ ।