३ वर्ष पहिले
असार-२३,दक्षिणी अमेरिकी फुटबलको सर्वोच्च खेल कोपा अमेरिकाको फाइनलमा दुई पारम्परिक प्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिना भिड्ने भएको छ।
बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा गोलकिपर एमिलियानो मार्टिनेज नायक बनेपछि कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
ब्राजिल भने मंगलबार विहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई हराएर फाइनल पुगेको हो ।अब अर्जेन्टिनाले उपाधिका लागि आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।
फाइनल खेल आइतबार बिहान हुनेछ । १४ वर्षपछि ब्राजिल र अर्जेन्टिना कोपाको फाइनलमा भिड्ने भएका हुन् । सन् २००७ मा ब्राजिलले फाइनलमा अर्जेन्टिनालाई पराजित गरेको थियो ।