× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना-५, मुग्लिनमा युवाद्वारा पंखामा झुण्डिएर आत्महत्या

    ३ वर्ष पहिले

    असार-२२,चितवनको इच्छाकामना गाउँपालिकामा एक जना युवाले झुण्डिएर आत्महत्या गरेका छन्।गाउँपालिकाको वडा नं. ५ मुग्लिनका २२ वर्षीय युवा सुरेन्द्र खड्काले घरको पंखमा झुण्डिएर आत्महत्या गरेका हुन्।

    मृतकको खड्काले धनबहादुर बानियाको घरमा कोठा भाडामा लिएर बस्ने उनको साथी सोभित गुरुङको कोठामा पंखामा झुण्डिएर आत्महत्या गरेका हुन् ।

    सोभित गुरुङ एक हप्ताअघि नै बिरामी भएर झापा गएको र आफ्नो घर जानु अघि मृतकलाई कोठाको चाबी छोडेको बुझ्न आएको छ ।

    आज बिहानै घरबेटी धनबहादुर बानियाँले ढोका ढक्ढक्याउदा नखोलेपछि झ्यालबाट चियाएर हेर्दा पंखामा झुण्डिरहेको रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    हाल ईलाका प्रहरी कार्यालय मुग्लिनले सो घटनाको विस्तृत अध्ययनको गरिरहेको छ ।