× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २६३४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १५६५

    ३ वर्ष पहिले

    असार-२२,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६ सय३४ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ८७ हजार ९ सय ९५ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ५ सय ३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७ सय १८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३३ लाख ८३ हजार ५सय ४४ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार ८२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ सय १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख १३ हजार ३ सय ५८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ८ सय २८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २२ हजार ९ सय ६९ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ८ सय ५९ रहेको छ।

    २४ घण्टामा १ हजार ५ सय ६५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख १२ हजार ९ सय ९४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८९.०९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ६३ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ३० जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ६७ जना र भेन्टिलेटरमा १ सय ७१ जनाको उपचार भईरहेको छ ।