× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    निर्वाचन आयोगद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

    ३ वर्ष पहिले

    असार-२१, निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आज आयोगले प्रेस विज्ञप्तिमार्फत् कार्यतालिका सार्वजनिक गरेको हो ।

    कार्यतालिकामा असार ३१ देखि साउन १५ सम्म राजनीतिक दल दर्ताको कार्यक्रम रहेको आयोगले जनाएको छ । मतदाताको अन्तिम नामावली भदौ २३ गते प्रकाशित हुनेछ ।

    पहिलो चरणमा २६ कात्तिकमा हुने निर्वाचनका लागि २१ असोजबाट २६ असोजसम्म उम्मेदवारी दर्तालगायतका निर्वाचनका कार्यक्रमको मिति तोकिएको छ ।

    दोस्रो चरणमा ३ मंसिरमा हुने निर्वाचनका लागि ३१ असोज देखि ५ कात्तिकसम्म कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।