× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    लेट्स क्लिन अप नेपाल र क्लिन सिटि ग्लोबलले संयुक्त रुपमा इच्छाकामनाका ३६ तथा धादिङका २१ विपन्न परिवारलाई खाद्यान्न सहयोग

    ३ वर्ष पहिले

    असार-२१, कोभिड-१९को महामारी नियन्त्रणका लागि सरकारद्वारा जारी निषेधाज्ञाका कारण छाक टार्न मुश्किल विपन्न परिवारलाई लेट्स क्लिन अप नेपाल र क्लिन सिटि ग्लोबल नामक वातावरण सम्बन्धि काम गर्ने संस्थाले संयुक्त रुपमा ५७ विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

    चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ का ३६ विपन्न चेपाङ परिवार तथा धादिङको रोराङ गाउँपालिका वडा नं. २ का २१ विपन्न परिवारलाई राहत स्वरुप चामल एक\एक बोरा, दाल, नुन, तेल, चिउरा,नुहाउने तथा कपडा धुने साबुन, चिनि चियापति,माक्स लगायत अत्यावश्यक खाद्यान्न सामाग्री सो वडा कार्यालयको प्रतिनिधिको सिफारिसमा सहयोग गरिएको लेट्स क्लिन अप नेपालका अध्यक्ष राज श्रेष्ठले बताए ।

    सो संस्थाले खाद्यान्न सहयोगका साथै महिलाको महिनावारी स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरि इच्छाकामना गाउँपालिकाका ५८ महिला र रोराङ गाउँपालिकाका ३२ महिलालाई सेनेटरी प्याड वितरण गरेका थिए । संस्थाकी सदस्य सारा लिम्बू र रियाले जनचेतनामुलक कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

    इच्छाकामना गाउँपालिकामा खाद्यान्न सहयोग कार्यक्रममा गाउँपालिकाका प्रवक्ता सावित्रि गुरुङ, वडा नं. ६ का कार्यवाहक अध्यक्ष मुक्तिनाथ सिलवाल, वडा नं. ५ का वडा सदस्य एवं कार्यपालिका सदस्य निर्मला श्रेष्ठ , मर्स्याङ्दी सहकारी सस्थाका कार्यालय प्रमुख कुमार श्रेष्ठ, मर्स्याङ्दी सहकारी विधुत विभाग प्रमुख टि.एन श्रेष्ठ, लेट क्लिन अप नेपालका अध्यक्ष राज श्रेष्ठ तथा सो संस्थाका कोषाध्यक एवं कार्यक्रम संचालक टेकलाल श्रेष्ठ लगायतका उपस्थिति थिए भने रोराङ गाउँपालिकामा खाद्यान्न सहयोग गर्ने संस्थाका अध्यक्ष, कोषाध्यक्ष, वडा नं. २ का अध्यक्ष टंक बहादुर थापा लगायतका उपस्थिति थिए ।