× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन-नारायणगढ सडकखण्ड बन्द हुँदा दर्जनौ दुलाहा तथा जन्ती अलपत्र

    ३ वर्ष पहिले

    असार-१८,अविरल वर्षासंगै आएको पहिरोले मुग्लिन नारायणगढ सडकखण्ड बन्द हुँदा दुलही लिन हिँडेका दुलाहा तथा जन्तीहरु अलपत्र परेका छन्।

    FEATURES
    मु-ना सडकखण्डमा अलपत्र परेका दुलाहाको सामुहिक तस्वीर

    सामान्यतय साउन महिनामा विवाहको लगन नहुने र आज असार महिनामा लगन भएको अन्तिम दिन हुँदा विवाहको गाडीहरु अलिक चहलपहल भएकोमा अविरल वर्षासंगै आएको पहिरोले मुग्लिन नारायणगढ सडकखण्ड बन्द हुँदा दुलही लिन हिँडेका बिबाह गाडीहरु बिहान देखि रोकिएका छन् ।

    विशेषत मुग्लिन नारायणगढ सडकखण्डको ४ किलो भन्ने ठाउँमा झरेको ठूलो पहिरोको कारण सो स्थानबाट नारायणगढ खण्ड र मुग्लिन खण्डमा दर्जनौ दुलाहा तथा जन्तीहरु को गाडीहरु अलपत्र परेका हुन्।