× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    क्यानडामा गर्मीका कारण ज्यान गुमाउनेको संख्या ७० पुग्यो

    ३ वर्ष पहिले

    असार-१६,क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढेपछि गुमाउनेको संख्या ७० पुगेको छ । ब्रिटिश कोलम्बिया प्रहरीले सोमबार यता ज्यान गुमाउनेको सङ्ख्या ७० नाघेको जनाएको छ ।

    ज्यान गुमाउनेहरुमा ज्येष्ठ नागरिकहरू धेरै छन् । ब्रिटिश कोलम्बियाको लीटनमा मंगलवार तापक्रम ४९ दशमलव ९ डिग्री सेल्सियस पुगेको छ । यस हप्ता भन्दा पहिले कहिले पनि ४५ डिग्री सेल्सियस भन्दा बढी तापक्रम नभएको बिबिसिले जनाएको छ।

    गर्मी बढ्दै गएकाले जनजीवन प्रभावित भएको छ । ग्लोब र मेल पत्रिकाका हवाला दिदै बिबिसिले जनाए अनुसार लीटनमा घरबाट बाहिर निस्किन नसक्ने अवस्था छ ।

    यस्तै अमेरिकाको पोर्टल्याण्ड र सियाटलमा तापक्रम बढी छ। त्यहाँ सन् १९४० यताकै सबैभन्दा बढी तापक्रम पुगेको अमेरिकाको नेशनल वेदर सर्भिसले जनाएको छ।

    विज्ञहरूले जलवायु परिवर्तनका कारण अति गर्मी वा अति जाडो हुने गरेको बताएका छन्।