४ वर्ष पहिले
असार-११, आज देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेकोले प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु जल तथा मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध छ ।
प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
त्यसैगरी आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा जनाएको छ।