× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २४७४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २५१८

    ३ वर्ष पहिले

    असार-१०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७४ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ३२ हजार ३ सय ६५ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार २ सय ३५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय ६६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३३ लाख २ हजार ७ सय ४९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ९७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय ९७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १ लाख ६१ हजार ५ सय ४२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४९ हजार ५ सय ५५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४६ हजार ५ सय २ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ५३ रहेको छ ।

    २४ घण्टामा २ हजार ५ सय १८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख ७० हजार ९ सय ५८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९०.२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ८८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय ३६ जना र भेन्टिलेटरमा २ सय ७ जनाको उपचार भईरहेको छ ।