४ वर्ष पहिले
असार-९, कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चितवनमा जारी निषेधाज्ञा थप खुकुलो गर्दै असार १७ गते राति १२ बजे सम्मको लागि थपिएको छ ।
थपिएको निषेधाज्ञामा निजी सवारी साधनको सञ्चालनमा जोर विजोर प्रणाली लगाइएको छ भने केहि पसलहरु हप्ताको तीन बार मात्रै सञ्चालन गर्न पाउने भएको छ ।
असार १० गते राति १२ बजेपछि जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सवारी साधन सञ्चालन हुन पाउने छन् । यसरी सञ्चालन हुने निजी सवारी साधन सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु रहनेगरी सञ्चालन गर्न पाइने छ ।
अब भाँडा, कपडा, फेन्सी, कस्मेटिक तथा गिफ्ट, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सुनचाँदि, फर्निचर, अटोमोबाइल, मोटरपार्टस्, जुत्ता चप्पल, टेलरिङ र प्रेस तथा फोटोकपी पसलहरु हप्ताको आइतबार, मंगलबार र बिहिबार दिउँसो १२ बजेदेखि ४ बजेसमम्म मात्रै सञ्चालन हुन पाउने छन् ।
होटल रेष्टुरेन्ट तथा मिठाइ पसलले बेलुका ६ बजेसम्म मात्रै टेकअवे सेवा सञ्चालन गर्न पाउने छन् ।
खाद्यान्न, तरकारी, फलफूल, माछा/मासु, दूध डेरी, एग्रिभेट, निर्माण सामाग्री सम्बन्धी पसल, पुस्तक तथा स्टेशनरी पसलको हकमा भने कुनै नियम परिवर्तन गरिएको छैन ।