× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ४५२२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ४९५४

    ३ वर्ष पहिले

    असार-८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २२ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ५४ हजार ४ सय ७० जना पुगेको छ ।

    २४ घण्टामा १२ हजार २ सय ४ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ७ सय ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३२ लाख ८८ हजार ५३ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय १९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १ लाख ५१ हजार ५ सय ९२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ६ सय ४८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४९ हजार ४ सय २५ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार २ सय २३ रहेको छ ।

    २४ घण्टामा ४ हजार ९ सय ५४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख ६४ हजार ८ सय ८२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९०.२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ८ सय १३ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ४ सय २५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय ६१ जना र भेन्टिलेटरमा २ सय १८ जनाको उपचार भईरहेको छ ।