× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा पनि कोरानाको डरलाग्दो भेरियन्ट फेला पर्यो, सचेत र जिम्मेवारी बन्न स्वास्थ्य मन्त्रालयको अपिल

    ३ वर्ष पहिले

    असार-७, नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन कप्पा फेला परेको जनाउदैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न, गराउन भूमिका बढाउन सबैको जानकारीका लागि अपील गरेको छ ।

    विज्ञप्तीमा ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमूनाहरुमध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेशन भेटिएको छ, जसलाई एवाइ.वान नाम दिइएको उल्लेख छ ।

    ‘हालसम्म यो म्युटेशन नेपालसहित संसारका १० भन्दा बढी राष्ट्रहरुमा पनि पुष्टि भएको जानकारी छ, विज्ञप्तीमा भनिएको छ–‘यी सहित हालसम्म नेपालमा भेरियन्ट अफ कन्सर्टका रुपमा अल्फा (बि.१.१.७) र डेल्टा (बि.१.६१७.२) भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट (बि.१.६१७.१) पुष्टि भएको छ । यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको छ ।’