× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २४४२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३६६०

    ३ वर्ष पहिले

    असार-६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४२ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ४७ हजार ६ सय ५१ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ६ सय ७७ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४ सय २१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३२ लाख ६९ हजार २ सय ६६ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार २ सय ४९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार २१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १ लाख ४२ हजार ५ सय ६२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५५ हजार ५ सय ३२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५१ हजार ८ सय ३३ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ६ सय ९९ रहेको छ ।

    २४ घण्टामा ३ हजार ४ सय ५६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख ५६ हजार ७ सय ९८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८९.६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ७ सय २६ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ४ सय ४४ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८ सय ७१ जना र भेन्टिलेटरमा २ सय ५० जनाको उपचार भईरहेको छ ।