× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भारतले नदिएपछि नेपाल सरकारद्वारा आवश्यक खोप चीनबाट खरिद गर्ने

    ३ वर्ष पहिले

    असार-५, सम्झौता गरेर पनि भारतले खोप नदिएपछि नेपाल सरकारले उत्तरी छिमेकी मित्रराष्ट्र चीनबाट खोप खरिद गर्ने तयारी अघि बढाइएको छ । सरकारले निकट भविष्यमा नै चीनबाट ४० लाख डोज खोप खरिद गर्न लागेको हो । चीन सरकारले यसअघि १८ लाख डोज खोप भने अनुदानमार्फत नेपाललाई उपलब्ध गराइसकेको छ ।

    खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अर्थात् मूल्य लगायतका विषय सार्वजनिक नगर्ने नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले खोप खरिद गर्न सो सर्त पालना गर्न तयारसमेत भएको छ ।

    नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्यलगायतका विषय सार्वजनिक नगर्ने गरी ‘डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने सर्त अघि सारेको थियो ।

    नेपालले भारतको सेरम इन्स्टिच्युटबाट खोप खरिदका लागि सम्झौता गर्दै पेश्की स्वरुप ९३ लाखसमेत उपलब्ध गराएको थियो । सेरमले तत्काल खोप उपलब्ध गराउन असमर्थ रहेको जनाउँदै आएको छ । भारतले दोस्रो लहरका कारण खोप निर्यात गर्न रोकेपछि कोभिसिल्ड खोप उत्पादकबाट बाँकी खोप हालसम्म आउन नसकेको हो ।

    नेपाली अधिकारीहरूले खोप माग गर्दा भारतको सो इन्स्टिच्युटले ब्याजसहित पैसा लैजानु भनेकाले अब भारतबाट खोप आउन कठिन भएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताए ।

    नेपालले प्रारम्भिक चरणमा भारतबाट २० लाख मात्रा कोभिसिल्ड खोप खरिद सम्झौता गरेकोमा त्यसमध्ये १० लाख मात्रा नेपालमा आउन बाँकी छ ।