× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपाल शान्ति सेनामा योगदान गर्ने मुलुकको सूचीमा विश्वकै तेस्रो स्थानमा

    ३ वर्ष पहिले

    असार-३, नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा योगदान गर्ने मुलुकको सूचीमा विश्वकै तेस्रो स्थानमा परेको छ ।

    २०२१ अप्रिल-३० सम्मको संख्याका आधारमा नेपाल तेस्रो स्थानमा रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए ।

    संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा ५ हजार ६ सय ८६ जना नेपाली सेना कार्यरत छन् ।

    शान्ति मिसनमा योगदान गर्ने मुलुकको सूचीमा बंगलादेश पहिलो र इथियोपिया दोस्रोमा परेका छन् ।

    नेपालले शान्ति मिसनका लागि नेपाली सेना पठाउन थालेको ५० वर्षभन्दा बढी भइसकेको छ । अहिले शान्ति मिसनमा बर्सेनि पाँच हजारभन्दा बढी नेपाली सैनिक खटिने गरेका छन् ।

    यो संख्यालाई १० हजार सुरक्षाकर्मी खटाउन सक्नेगरी नेपाली सेनाले तयारी गर्दै आएको छ । यसका लागि युएनसँग सम्झौता पनि भइसकेको छ । यो सम्झौताअनुसार नेपाली सेना खटिएको अवस्थामा नेपाल शान्ति मिसनमा योगदान गर्ने मुलुकमध्ये पहिलो स्थानमा आउनेछ ।