× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २६०७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २१४१

    ३ वर्ष पहिले

    असार-३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ४० हजार ४० जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ७ सय ११ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७ सय ६८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३२ लाख ४८ हजार १० जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ७३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १ लाख २८ हजार १ सय ५९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६१ हजार ७ सय २५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५७ हजार ५ सय ३१ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ हजार १ सय ९४ रहेको छ ।

    २४ घण्टामा २ हजार १ सय ४१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख ४५ हजार ६ सय ६१ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.९७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ९७ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ४ सय ८७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ९ सय १६ जना र भेन्टिलेटरमा २ सय ४९ जनाको उपचार भईरहेको छ ।