× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २७४५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ४१८७

    ३ वर्ष पहिले

    असार-१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय ४५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ३४ हजार ७ सय ५ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ४ सय ४९ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६ सय ८१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३२ लाख ३१ हजार ६ सय १२ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ४१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार ६४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १ लाख १९ हजार ५१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६३ हजार २ सय ५७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५८ हजार ८ सय ६८ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ हजार ३ सय ८९ रहेको छ ।

    २४ घण्टामा ४ हजार १ सय ८७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख ४० हजार ४ सय ३९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ५ सय १५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ९ सय ६७ जना र भेन्टिलेटरमा २ सय ८५ जनाको उपचार भईरहेको छ ।