× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मनसुनजन्य विपदबाट जोगिन जिल्ला प्रशासन कार्यालय चितवनको अनुरोध

    ३ वर्ष पहिले

    असार-१, यस वर्षको मनसुन शुरू भएसँगै मनसुनजन्य विपदबाट जोगिन जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ ।

    केही दिनदेखि अविरल वर्षाका कारण चितवन जिल्ला भित्र पर्ने नारायणी, राप्ती, रिउ खोला जस्ता नदीहरुमा पानीको सतह बढी रहेको कारण बाढी, डुबान तथा नदी कटान र इच्छाकामना गाउँपालिका लगायत अन्य नगरपालिकाका पहाडी भूभागका क्षेत्रमा पहिरो समेत जाने जोखिम रहेकोले जिल्ला प्रशासन कार्यालय चितवनले आफू, आफ्नो परिवार तथा गाउँ बस्तीलाई सुरक्षित राख्न अनुरोध गरेको हो ।

    सूचनामा बाढी आएको समयमा नदी, खोलानाला तथा पोखरीमा माछा मार्ने, दाउरा संकलनको काम तथा विभिन्न बहानामा जथाभावी नपस्न पनि भनिएको छ ।

    त्यसैगरी बिक्री वितरण गर्न वा घर पर्खाल लगायत भौतिक संरक्षण निर्माण गर्न ल्याएका छन् ढुंगा, गिट्टी, बालुवा आदि निर्माण सामग्रीहरु सडक किनार पेटीमा नराख्ने तथा राजमार्गमा रहेका खाल्डाहरु पुर्न समेत अनुरोध गरेको छ।