× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ६८२५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ८१ प्रतिशत

    ३ वर्ष पहिले

    जेठ-२०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ७६ हजार ९ सय ३६ जना पुगेको छ ।

    २४ घण्टामा १८ हजार ५ सय ६२ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै ३१ लाख ६ हजार ९ सय ३८;जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार २ सय ११ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार जना र पिसिआर विधिबाट परीक्षण गर्दा ५ हजार ८ सय २५ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८ सय ३९ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ९४ हजार ९ सय ९ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ९ सय ३० रहेको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ४ लाख ६७ हजार ४ सय ६७ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार ६ सय ३० पुगेको छ ।

    हाल क्वारेन्टिनमा ८ सय ३१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ४ सय ४४ जना र भेन्टिलेटरमा ३ सय ९८ जनाको उपचार भईरहेको छ ।