× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ५३१६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ७२१९

    ३ वर्ष पहिले

    जेठ-१९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेल अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ७१ हजार १ सय ११ जना पुगेको छ ।

    २४ घण्टामा १३ हजार ८ सय ५ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै ३० लाख ८८ हजार ३ सय ७६ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ७३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७ सय ९२ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ४ हजार ५ सय २४ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९ सय ९३ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ९५ हजार १ सय ३१ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ८ सय ६२ रहेको छ ।

    २४ घण्टामा ७ हजार २ सय १९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ४ लाख ६१ हजार ५ सय ६३ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८०.८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार ५ सय ५५ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ८ सय ३७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ४ सय ४६ जना र भेन्टिलेटरमा ३ सय ८५ जनाको उपचार भईरहेको छ ।