× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ६०८५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ६८९८

    ३ वर्ष पहिले

    जेठ-१८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ६६ हजार ५ सय ८७ जना पुगेको छ ।

    २४ घण्टामा १७ हजार १ सय ४७ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै ३० लाख ७४ हजार ५ सय ७१ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार १८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय जना र पिसिआर विधिबाट परीक्षण गर्दा ५ हजार २ सय ८५ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७ सय ८९ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ९७ हजार ७ सय ४ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ८५ रहेको छ ।

    २४ घण्टामा ६ हजार ८ सय ९८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ४ लाख ५४ हजार ३ सय ४४ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८०.२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार ४ सय ५४ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ७ सय २५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ४ सय ९१ जना र भेन्टिलेटरमा ४ सय ४ जनाको उपचार भईरहेको छ ।