× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आँबुखैरेनीमा बालसुधारगृह निर्माण गर्नको लागि अर्थमन्त्रीद्वारा बजेट विनियोजन गरिएको जानकारी

    ३ वर्ष पहिले

    जेष्ठ-१५, सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा बालसुधारगृह निर्माण गर्ने भएको छ। आगामी आर्थिक वर्ष ०७८\७९ को बजेट भाषण मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढकालटारमा बालसुधारगृह निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी गराए।

    ढकालटारमा बालगृह स्थापनाका लागि गत चैतमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले स्थलगत अनुगमन गरेकी थिइन।

    नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्न लागेको हो।ढकालटारमा प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ। त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गरिनेछ।