× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा २० गते सम्मको लागि निषेधाज्ञा थपियो

    ३ वर्ष पहिले

    जेठ-१२, चितवन जिल्लामा जारी निषेधाज्ञा २० गतेसम्मका लागि लम्बिएको छ।जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ २० गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो।

    जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १६ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरिएको थियो । थप गरिएको निषेधाज्ञाको समय भोली राति १२ बजेबाट सकिँदै थियो ।

    चितवनमा कोभिड–१९ संक्रमण दर केही घटेपनि जोखिम कायमै रहेकाले जेठ २० गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनु भयो ।

    चितवनमा सक्रिय संक्रमितको संख्या चार हजार ८३४ जना रहेको छ । जसमध्ये अस्पतालको आइसोलेसनमा १६२ जना र होम आइसोलेसनमा चार हजार ६५८ जना रहेका छन् । चितवनमा कोरोना संक्रमणबाट २०६ जनाले ज्यान गुमाएका छन् ।