× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८६३६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७६.६ प्रतिशत

    ३ वर्ष पहिले

    जेठ-११, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ३६ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख २८ हजार ८ सय ४८ जना पुगेको छ ।

    २४ घण्टामा २२ हजार ३ सय ६ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २९ लाख ५८ हजार ६ सय २० जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ६ सय ४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ४९ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ८ हजार ३ सय ८७ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २ सय ६१ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ लाख ८ हजार ४ सय २८ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ८ सय ३३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ४ लाख ४ हजार ८ सय ८७ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७६.६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६९ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार ७ सय जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ९ सय १४ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ६ सय ७२ जना र भेन्टिलेटरमा ४ सय ४७ जनाको उपचार भईरहेको छ ।