× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    एमालेका २७ सहित बहुमत सभासदको हस्ताक्षर लिएर देउवासहितका नेताहरू राष्ट्रपति भवनमा

    ३ वर्ष पहिले

    जेठ-७, नेकपा एमालेका असन्तुष्ट पक्ष माधव नेपाल समूहका २७ सहित बहुमत सांसदको हस्ताक्षर लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।

    कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले नयाँ प्रधानमन्त्रीका लागि दाबी गर्ने निर्णय गरेको थियो ।

    सोही निर्णयसहित बहुमत सांसदको हस्ताक्षर लिएर नेताहरू शीतलनिवास पुगेका हुन् ।

    विपक्षी गठबन्धनले आफूहरूको पक्षमा १४९ सांसदको हस्ताक्षर रहेको दाबी गरेको छ ।