× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्रधानमन्‍त्री ओलीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने

    ३ वर्ष पहिले

    जेठ-६,‍ प्रधानमन्त्री ओलीले नयाँ सरकार गठन को लागि मार्ग प्रशस्त गर्ने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले विश्वासको मत नलिने र संविधनको धारा ७६ को उपाधारा (५) अनुसार सरकार अगाडि बढने बताएका हुन्।

    वैशाख ३० गते बहुमतको सरकारका लागि विपक्षी गठबन्धनको दाबी नपरेपछि संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रधानमन्त्री बनेका ओलीले एक महिनाभित्र विश्वासको मत दिनुपर्ने संवैधानिक प्रावधान छ। यसअघि बजेट भाषणा अगाडि नै विश्वासको मत लिने बताएका ओलीले संविधानको धारा ७६ को उपधारा (५) अनुसार अगाडि बढ्ने निर्णय गरेका हुन्।

    सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार सरकारले विश्वासको मत प्राप्त गर्ने आधार नभएकाले ओलीले मार्ग प्रशस्त गर्ने निर्णय लिएका हुन्।

    ‘संसद्‍को अहिलेकै संरचनाबाट विश्वासको मत प्राप्त हुने आधार नभएकाले धारा ७६ को उपधारा (५) बमोजिम सरकार गठनका लागि संवैधानिक मार्ग प्रशस्त गर्ने कुरा भएको छ’, गुरुङले भने।

    त्यसैगरी सरकारले संसदको बर्खे अधिवेशन जेठ ९ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस समेत गरेको छ।