× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामनामा कोरोना संक्रमितको संख्या बढ्दो

    ३ वर्ष पहिले

    जेठ-५, चितवनको इच्छाकामना गाउँपालिकाका दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दो छ । आज मात्र थप ३ जनामा कोरोना पुष्टि भएको छ ।

    जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिकका जेठ ४ गते पिसिआर विधिबाट गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण देखिएका हुन्। यो संगै यस गाउँपालिकामा सक्रिय संक्रमितको संख्या ४१ पुगेको छ ।

    हालसम्ममा इच्छाकामना गाउँपालिकामा जम्मा संक्रमितको संख्या ८३ पुगेको छ । जसमध्ये ४० जना निको भइसकेका छन् भने २ जनाको मृत्यु भएको छ ।

    ४१ जना सक्रिय संक्रमितमध्ये ३४ जना होम आइसोलेसन ५ जना सस्थागत आइसोलेसनमा र २ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।