× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिङ हाईवे हस्पिटललाई सहयोग आउने क्रम जारी

    ३ वर्ष पहिले

    जेठ-४, ईच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिङमा अवस्थित मुग्लिङ हाईवे हस्पिटललाई सहयोग आउने क्रम जारी छ ‌।

    मुग्लिङ हाईवे हस्पिटलले कोभिड बिरामी लक्षित आईसोलेसन वार्डको संचालन एबं ब्यबस्थापन कार्यको लागि सामाजिक संन्जाल फेसबुक मार्फत सहयोगका लागि सार्बजनिक अपिल गरेसँगै कुरिनटार स्थित याक ब्रिविङ्ग कम्पनीबाट ३ लाख रुपिया बराबरको २ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन कम्पनीका प्रतिनिधि माधब पौडेलले हस्पिटलका अध्यक्ष राम बहादुर लामालाई हस्तान्तरण गर्नु भएको हो।

    हस्पिटलका अध्यक्ष राम बहादुर लामाले कम्पनीको सामाजिक उत्तरदायित्वको भाबनाप्रति उच्च सम्मानका साथ हार्दिक आभार ब्यक्त गरेका थिए।

    सो सामाग्रि हस्तान्तरण अवसरमा उद्योग बाणिज्य संघ चितवनका जिल्ला सदस्य श्री मुक्ति कुमार श्रेष्ठ, ईच्छाकामना उद्योग बाणिज्य संघका अध्यक्ष श्री कल्याण गुभाजु, हस्पिटलका संचालक मणिरत्न शाक्यको उपस्थिति रहेको थियो।

    याक ब्रिविङ्ग कम्पनीले मुग्लिङ हाईवे हस्पिटलका साथै सशस्त्र प्रहरी बल कुरिनटारलाई पनि २ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको छ ।