× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    कोरोनाविरुद्ध लड्न ‘टिम सन्दिप लामिछाने’ अभियान घोषणा

    ३ वर्ष पहिले

    जेठ-३, नेपाली क्रिकेट टोलीका स्टार सन्दीप लामिछानेले सोमबार कोरोनाविरुद्ध लड्न ‘टिम सन्दिप लामिछाने’ अभियान घोषणा गरेका हुन् ।

    अभियान घोषणा गर्दै क्रिकेटर सन्दीप लामिछानेले कोरोना भाईरसविरुद्धको लडाईमा रु ३ लाख सहयोग गरेका छन् ।

    सन्दीपले आर्थिक सहयोग संकलनका लागि बैंक खाता समेत खोलेका छन् । सन्दीपले अभियानको आरम्भ गर्दै उक्त खातामा ३ लाख जम्मा गरेको समेत जनाएका छन् ।

    सन्दीपको अभियानमा जोडिन नेपाल सेन्चुरी कमर्सियल बैंकमा आर्थिक सहयोग जम्मा गर्न सकिने उनले जनाएका छन् । त्यसका लागि सन्दीप लामिछानेको खाता नम्बर ‘०१७००००३५३ सी ए’ मा जम्मा गर्न सकिने उनले सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएका छन् ।