× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ९२४७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७४.४ प्रतिशत

    ३ वर्ष पहिले

    जेठ-३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ४ लाख ६४ हजार २ सय २८ जना पुगेको छ ।

    २४ घण्टामा २१ हजार ६ सय ५३ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २७ लाख ९२ हजार ६ सय ७३ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ सय ३४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४९ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ९ हजार १ सय ९८ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४ सय ८० रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ लाख ६ हजार ५ सय १० रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ९ सय ७० रहेको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७४.४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १४ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ७ सय ८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार २ सय ५९ जना र भेन्टिलेटरमा ४ सय जनाको उपचार भईरहेको छ ।