× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा जेठ १३ गतेसम्मको लागि निषेधाज्ञा थपियो, सहकारी संस्था पूर्णरुपमा बन्द

    ३ वर्ष पहिले

    बैशाख-३०, जिल्ला प्रशासन कार्यालय चितवनले जेठ १३ गतेसम्मको लागि थप कडाइ का साथ निषेधाज्ञाको अवधि थपेको छ ।

    डिसिसिएमको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले जेठ १३ गतेसम्म थप गरेको अवधिमा वित्तिय संस्थामा समेत थप कडाइ गर्ने निर्णय गरेको छ ।

    थप गरेको निषेधाज्ञा अवधिमा वाणिज्य बैंकहरुलाई मात्रै संचालन गर्न दिने निर्णय गरेको छ भने केन्द्रीय सर्कुलर अनुसार सहकारीलाई पूर्ण रुपमा बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

    जनस्वास्थ्यका मापदण्डको अनिवार्य रुपमा पालना गराई वाणिज्य बैंकहरुलाई साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार मात्रै सेवा दिन पाउने छन् । त्यसका लागि बैंकहरुले न्यूनतम कर्मचारी मात्रै खटाउन पाउने छन् ।

    पहिलो चरणको निषेधाज्ञाको अवधिमा बैंकहरुमा निकै भिडभाड हुने गरेको गुनासो बढेको ले सो निर्णय गरिएको जनाएको छ ।