× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सगरमाथा आराेहण क्रममा दुई विदेशी आरोहीकाे मृत्यु ।

    ३ वर्ष पहिले

    सेभेन समिट ट्राभल एजेन्सी मार्फत सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु भएको ट्राभल एजेन्सीले जनाएकाे छ।

    स्विट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही पुवेई लिउको आरोहणकै क्रममा बिहीबार मृत्यु भएको हो। दुबै जनाको मृत्यु भएको सेभेन समिटले पुष्टि गरेको छ।

    Mt Everest: Why the only thing tougher than climbing Mt Everest is raising  the fund for it

    सेभेन समिटका अनुसार अब्दुल सगरमाथा चुचुरोमा पुगेर फर्किने क्रममा थिए। उनले साउथ समिटमा अन्तिम सास फेरेका हुन्। त्यस्तै पुवेई क्याम्प ४ मा समस्या देखिएको थियो। उनी हिलारी स्टेपसम्म मात्र पुग्न सकेका थिए। त्यहाँबाट फर्किने क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको र अक्सिजनसहित गएका शेर्पाहरूले पनि बचाउन नसकेको सेभेन समिटले जनाएको छ।

    यसपालिको बसन्त याममा सगरमाथामा आरोहीको मृत्यु भएको यो पहिलो पटक हो।