

२७ बैशाख २०७८, मंगलवार
बैशाख-२८, इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले उहाँलाई उपलब्ध गराएको सवारी साधन गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मि तथा कोरोना संक्रमित बिरामीहरुको लागी निःशुल्क एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गर्नुभएको छ ।

इच्छाकामना गाउँपालिकामा दिनप्रतिदिन संक्रमित संख्या बढ्दो क्रममा रहेको हुदा सो सवारी साधन आफु चढ्ने भन्दा पनि यस समयमा इच्छाकामना गाउँपालिकाकाबासिका लागी आवश्यक रहेको भन्दै आजबाट निःशुल्क एम्बुलेन्सको रुपमा प्रयोग गर्न गाडीका चालक प्रेम गुरुङ र सोनाम हुसेनलाई निर्देशन दिनु भएको छ ।

सो अवसरमा उपाध्यक्ष श्रेष्ठले गाडी चालकद्वयलाई चाबी हस्तान्तरण गर्दै आफ्नो एक महिनाको पारिश्रमिक तथा सेवा सुबिधा पनि चालक लाई नै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।