× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा विभिन्न अस्पतालमा गरी एकैदिन १४ संक्रमितको मृत्यु

    ३ वर्ष पहिले

    बैशाख-२५, चितवनमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा गरी १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा ६ जना, चितवन मेडिकल कलेजमा २ जना, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) भरतपुरमा ३ जना, क्यान्सर अस्पतालमा १ जना, राप्ती नगरपालिकामा १ जना, माडी नगरपालिकामा १ जना गरी १४ जना संक्रमितको मृत्यु भएको हो ।

    चितवनमा हालसम्म कोरोनाबाट एक सय ३७ जनाले ज्यान गुमाएका छन् ।

    चितवनमा कोरोनाको संक्रिय संक्रमितको संख्या दुई हजार तीन सय ७ रहेको छ । यस्तै, चितवनका विभिन्न अस्पतालमा २९ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।