× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ७६६० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ८२ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख- २१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६० जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ३ लाख ५१ हजार ४ सय ५ जना पुगेको छ ।

    २४ घण्टामा १६ हजार ७ सय २ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २५ लाख ३७ हजार २ सय ९५ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ सय ७१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७३ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ७ हजार ६ सय ६० मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७ सय ९८ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५५ हजार ५ सय २० रहेको छ भने संस्थागत आइसोलेसनमा ४ हजार २ सय ७८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७५ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ ।

    हाल क्वारेन्टिनमा २ सय ५३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय १६ जना र भेन्टिलेटरमा १ सय ७९ जनाको उपचार भईरहेको छ ।