× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ५७२७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ८६.९ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख- १७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७ सय २७ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ३ लाख २३ हजार १ सय ८७ जना पुगेको छ ।

    २४ घण्टामा १५ हजार ३ सय ९१ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २४ लाख ७३ हजार ९ सय ५६ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ सय २५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७० जना र पिसिआर विधिबाट परीक्षण गर्दा ५ हजार ६ सय ५७ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८ सय १३ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३६ हजार १ सय ३५ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ६ सय ७८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ९ सय २८ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ५५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ३१ जना र भेन्टिलेटरमा १सय १५ जनाको उपचार भईरहेको छ ।