× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौ उपत्यकामा एक साताका लागि लकडाउन

    ३ वर्ष पहिले

    बैशाख-१३,काठमाडौ उपत्यका वैशाख १६ गतेदेखि २२ गतेसम्म एक हप्ताको लागि लकडाउन हुने भएको छ ।लकडाउनसँगै सार्वजनिक यातायातका साधन पनि बन्द हुने भएका छन् । यस्तै निजी सवारी साधन पनि सञ्चालन हुन पाउने छैनन् ।

    तर अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन भने सञ्चालनमा आउने छन् ।

    यस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेशन, फोहोरमैला व्यवस्थापनका गाडी सञ्चालनमा आउनेछन् भने सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको अनुमति पास देखाएर सञ्चालन गर्न पाइनेछ ।

    यस्तै विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र दुवानीका सवारीसाधन पनि सञ्चालन हुने पाउनेछन् भने विदेश जाने यात्रुहरूको हकमा सहजीकरण हुनेछ ।यस्तै अस्पताल आउने जाने बिरामी, कुरुवा र मृत्यु संस्कारमा सहभागी हुनुपर्नेको हकमा सवारीसाधनको प्रयोग गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीले अनुमति दिनुपर्नेछ । यस्तै सञ्चारकर्मीले सूचना विभागको पास देखाएर सवारीसाधन सञ्चालन गर्न सक्नेछन् ।