× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालको नमुना आर्कब्रिज जोखिमपूर्ण अवस्थामा

    ३ वर्ष पहिले

    चैत्र-२७, मुग्लिन । पृथ्वी राजमार्गको मुग्लिनबाट पोखरा तर्फ जाँदा त्रिशुली नदि माथि बनाइएको नेपालकै पहिलो आर्कब्रिज जोखिमपूर्ण अवस्थामा पुगेको छ ।

    नेपालले आफ्नो लगानी प्रविधि र दक्षता प्रयोग गरि निर्माण गरेको १६० मिटर लामो यो आर्कब्रिज उचित संरक्षणको अभावमा जोखिमपूर्ण अवस्थामा पुगेको हो ‌।

    नेपाली इन्जिनियरहरुले डिजाइन गरी इलाईट एड्भेन्चर लोहनी जेभीले १२ करोडको लागतमा निर्माण गरेको यो पुलमा १२० मिटरको आर्क निर्माण गरिएको हो ।

    नेपाली इन्जिनियरहरुले डिजाइन गरेका यो नमुना पुलको मुग्लिन तर्फको जगको वरिपरी गत वर्षातयाममा परेको ठुलो पानीले हल्का पहिरो गएको र पहिरो रोक्नको लागि लगाइएको ग्याविन जाली हरु पनि ढल्केर लड्ने अवस्थामा पुगेको हुँदा यो पुल जोखिमपूर्ण अवस्थामा पुगेको छ ।

    अझ मुग्लिङ बजारबाट आउने नालीको पानी सिधै पुलको जगसँग ठोक्किने हुँदा जगलाई बिस्तारै खियाउँदै कुनै पनि बेला पुल नै भासिन सक्ने खतरापूर्ण अवस्थामा रहेको छ ।

    यसैगरी पुल निर्माण सम्पन्न भएर सवारी आवागमन सञ्चालन भएको दुई वर्ष बितिसक्दा पनि मुग्लिन तर्फ पुलको मुखमा ५० मिटर जति सडक हालसम्म कालोपत्रे हुन सकेको छैन ।

    सो कालोपत्रे नभएको स्थानमा ठूलो ठूलो खाल्डो परेर दिनहुँ जसो मोटरसाइकल तथा स्कुटरहरु दुर्घटनामा परिरहेका छन् ।भने पिच नभएको ठाउँमा उड्ने धुलो ले स्थानीयवासी तथा यात्रुहरुले सास्ती भोग्नुपरिरहेको छ ।

    यसै विषयमा इच्छाकामना गाउँपालिकामा बुझ्न खोज्दा गाउँपालिकाका उपाध्यक्ष किर्तीकुमार श्रेष्ठले सो स्थानको अवलोकन गरि शीघ्र अतिशीघ्र डिभिजन सडक कार्यालय भरतपुरसँग समन्वय गरि समस्याको समाधान गरिने बताएका छन् ।