× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २६० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.२ प्रतिशत

    ३ वर्ष पहिले

    चैत्र-२४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा २ सय ६० जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ ।

    २४ घण्टामा ४ हजार २ सय ४३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २२ लाख ९४ हजार ६७ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा १ सय १३ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७३ हजार ४ सय ५५ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु भएको संख्या शुन्य रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ७९ जना छन् भने क्वारेन्टिनमा ६९ जना छन् ।