× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

    ३ वर्ष पहिले

    चैत्र-१३, सुनसरी । आफ्नै श्रीमती ३१ वर्षीया कमला माझीलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-८ दुर्गा बस्ने ३७ वर्षीय तिल बहादुर माझीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    माझीले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछिबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । गम्भीर घाइते कमलाको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।