× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १२५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.६ प्रतिशत

    ३ वर्ष पहिले

    चैत्र-६ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय २५ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ७ सय ५९ पुगेको छ ।

    २४ घण्टामा ३ हजार १ सय ६१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २२ लाख ३० हजार ७ सय ८ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा १ सय २३ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु भएको संख्या एक रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ हजार १ जना छन् भने क्वारेन्टिनमा ५१ जना रहेको छ ।