× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    माधव समूहका एमाले र माओवादीका नेता एउटै कार्यक्रममा

    ३ वर्ष पहिले

    फागुन-२८, सर्वोच्चको फैसलापछि दुई फरक राजनीतिक दलमा रुपमा सक्रिय भएका नेकपा एमाले र माओवादी केन्द्रका नेता एउटै कार्यक्रममा देखिएका छन्। सर्वोच्च अदालतले फागुन २३ गते तत्कालीन नेकपा खारेज गरेपछि एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका थिए।

    शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा माधव समूहका एमाले र माओवादी केन्द्र एकै मञ्चमा देखिएका हुन्। चियापान कार्यक्रममा नाममा आयोजित कार्यक्रममा ओखलढुंगा जिल्लाका एमाले र माओवादी केन्द्रका नेता एउटै मञ्चमा देखिएका हुन्।

    माओवादी केन्द्रका केन्द्रीय सदस्य पेशल खतिवडाले कार्यक्रमलाई ‘भेटघाट’ भएको बताएपनि त्यहाँ माओवादी केन्द्रका नेताहरुले भने बाध्यताले फरक दल भएपनि आफूहरुको मन र भावना एकै भएको बताएका थिए। उनीहरुले हिजो प्रतिगमन विरुद्धसँगै लडेको तर अदालतको फैसलाले बाध्यताबश छुट्टिनु परेको बताएका थिए।

    कार्यक्रममा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार, एमालेका नेता लोककृष्ण भट्टराई सहभागी थिए भने माओवादी केन्द्रबाट केन्द्रीय सदस्य पेशल खतिवडा, संविधानसभा सदस्य केशव राई, बाबुराम गौतमलगायतका नेता सहभागी थिए।