× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.६ प्रतिशत

    ३ वर्ष पहिले

    फागुन-१९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८७ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ३ सय ८१ पुगेको छ ।

    २४ घण्टामा ३ हजार ३ सय ९९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २१ लाख ७३ हजार ५ सय ११ जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ९ सय ७४ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ४ सय ८ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय ५८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ६२ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७० हजार ६ सय ५ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ भने कोरोना महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप २३३ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।

    हाल क्वारेन्टिनमा ५९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४२ जना र भेन्टिलेटरमा ९ जनाको उपचार भईरहेको छ ।