× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

    ४ वर्ष पहिले

    फागुन-१९, सरकार र प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ ।

    बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको छ ।

    दुबै पक्षबीच फेरि बस्ने गरि आजको वार्ता सकिएको स्रोतको भनाइ छ ।

    वार्तामा दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सकिएको बताइएको छ । यसबारे विस्तृत विवरण आइसकेको छैन ।

    मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।

    सम्बन्धित शीर्षकहरु