× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बन्धक बनाई १० लाख फिरौती मागेको अभियोगमा ३ जना पक्राउ

    ३ वर्ष पहिले

    फागुन-१६, मोरङ । विराटनगर महानगरपालिका-१८ खोक्सा बस्ने २३ वर्षीय पुरुषलाई बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती मागेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, २१ वर्षीय अजय यादव र सोही महानगरपालिका-६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् ।

    बन्धक बनाएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका-६ रामपुरबाट पीडितलाई २ घण्टाभित्रै सकुशल उद्दार गरेको थियो ।

    साथै प्रहरीले रोहितलाई शनिबार बेलुका उनकै घरबाट, अजयलाई आइतबार बिहान सोही महानगरपालिका-१२ बखरीबाट र सन्ध्यालाई आइतबार बिहान सोही महानगरपालिका-१ पोखरियाबाट फेला पारी पक्राउ गरेको हो ।

    उनीहरूले पीडितलाई बन्धक बनाएर परिवारसँग १० लाख रुपैयाँ फिरौती समेत मागेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको र उनीहरू उपर अपहरण तथा शरीर बन्धक कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।