४ वर्ष पहिले
फागुन-१५, नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव गुटकाअध्यक्ष पुष्पकमल दाहालले भारतसँग राम्रो समझदारी नबनाई नेपालमा स्थायित्व विकास नहुने बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनसँग कुराकानी गर्दै उनले नेकपा प्रचण्ड-माधब गुट, काङ्ग्रेस र जसपा मिल्नु भारतको लागि पनि कम्फरटेबल हुने बताएका हुन् ।उनले कांग्रेस वा जनता समाजवादी पार्टी जुनसुकै पार्टीबाट पनि प्रधानमन्त्री बन्न सक्ने बताएका छन् । उनले आफूले प्रधानमन्त्री पदको दाबी नगर्ने बताएका छन् ।
यस्तै उनले ओलीसँग एकता हुन नसक्ने बताएका छन्।