× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    १ करोड भन्दा बढी रकम हिनामिना गरेको अभियोगमा भरतपुर मालपोतका लेखा अधिकृत पक्राउ

    १२ फाल्गुन २०७७, बिहीबार

    १२ फाल्गुन २०७७, बिहीबार

    प्रहरीले सवा करोडभन्दा बढी रकम अपचलन गरेको अभियोगमा भरतपुर मालपोतका लेखा अधिकृत रिठ्ठे परियारलाई पक्राउ गरेको छ ।

    मालपोत कार्यालयमा रही ०७५ पुस २५ गतेदेखि कार्यालयको सम्पर्कमा नरहेका उनलाई प्रहरीले विशेष सूचनाका आधारमा काठमाडौंको तारकेश्वर नगरपालिकाबाट पक्राउ गरेको हो ।

    परियारमाथि राष्ट्रिय वाणिज्य बैंक भरतपुर शाखाको भौचर, छाप तथा कर्मचारीको भौचरसमेत कीर्ते गरी एक करोड १७ लाख २४ हजार पाँच सय ३८ रुपैयाँ अपचलन गरेको अभियोग छ ।