× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनको कार्यक्रम छोडेर माधव–प्रचण्ड काठमाडौं फर्किए

    ३ वर्ष पहिले

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल चितवनबाट काठमाडौं फर्किएका छन्। बुधबार हुने सभालाई सम्बोधन गर्न चितवन पुगेका नेताद्वय सभा छाडेर काठमाडौं फर्किएका हुन्।

    प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै बुधबार हुने भनिएको विरोध सभालाई विजय उत्सव मनाउन निर्देशन दिँदै उनीहरू बिहान राजधानी फर्किएका हुन्।

    नेताद्वयले आज १२ बजे काठमाडौंको शान्तिबाटिकामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनीहरुले आजै कांग्रेस सभापनि शेरबहादुर देउवा तथा जसपा नेतालाई भेट्ने कार्यक्रम रहेको छ।

    यसैबीच, माधव–प्रचण्ड पक्षले आज दिउँसो ४ बजे संसदीय दलको बैठकसमेत बोलाएको छ। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने सांसद उपस्थित हुने